विराटनगर ३ खेलमा जित निकाल्दै विराटनगर क्रिकेट लिगको फाइनलमा प्रवेश

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग विराटनगरको मेर्लीवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा विराट क्रिकेट एकेडेमि र विराटनगर क्रिकेट क्लव एण्ड एकेडेमि विजयी भएको छन् ।

विहिबार भएको समुह ए को खेलमा विराट क्रिकेट एकेडेमिले मिल्स क्रिकेट क्लव एण्ड एकेडमिलाई ५ विकेटले पराजित गर्दै लिगको दोस्रोमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ ।

टस जितेर ब्याटिङको गरेको मिल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाई ९७ रनको योगफल तयार पारेको थियो । मिल्सकालागि अमन शेखले ३० रन बनाउँदा रितिक चौधरीले १९ रन, सक्षम ढकालले १७ रन र १९ रन बनाए । विराटनगरका मेहवुव इराकीले २ विकेट लिँदा अमर यादवले पनि २ विकेट लिए ।

जवाफमा ९८ रनको लक्ष्य पछ्याएको विराटले १५ दशमलव १ बलमा ५ विकेट गुमाई सो लक्ष्य पार गरेको थियो । विराटका प्छारका ब्याटर श्रवण यादवले अविजित २३ रन जोड्दा दिपक पासवानले १८ रन,विशाल ढकालले १७ रन, अनिस राजवंशीले १६ रन र रोहन साहले अविजित ११ रनको योगदान दिए । मिल्सका वैभव राजले २ विकेट लिँदा नरेन्द्र कर्ण १ विकेट लिए । खेलको प्लेयर अफ द म्याच विराटका महबुव इराकी घोषित भए ।

दोस्रो खेलमा विराटनगर क्रिकेट क्लव एण्ड एकेडेमिले इलाइट क्रिकेट एकेडमिमाथी १ विकेटको रोमाञ्चक जित निकाल्दै फाइनलको यात्रा तय गरेको छ । समुह ए मा लगातार तीन खेलमा जित निकाल्दै ६ अंकका साथ फाइनलको यात्रा तय गरेको हो । विराटले खेलेको ३ खेलमा २ खेलमा जित र १ खेलमा पराजित हुँदै ४ अंकका साथ दोस्रो स्थान , इलाइटले ३ खेलमा १ मा जित र २ पराजित हुँदै २ अंकका साथ तेस्रोे स्थान र मिल्सले खेलेको ३ खेलमै पराजित भएर अंकविहिन हुँदै पुछारमा रहेको छ ।

टस जितेर ब्याटिङको गरेको इलाइटले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ९९ रनको सामान्य योगफल तयार पारेको थियो । इलाइटलागि आषिश मण्डले ३२ रन र सोनु सिंहले अविजित १७ रन बनाए । विराटनगरका क्रितिक कामतले ३ विकेट लिँदा सागर कटवाल र कृष शर्माले २–२ विकेट, प्रसान्त साहले १ विकेट लिए ।

जवाफमा १ सय रनको सामान्य लक्ष्य पछ्याएको विराटनगरले १९ दशमलव ५ बलमा ९ विकेट गुमाई सो विजयी लक्ष्य भेट्टाएको थियो । विराटनगरका सिताराम कामतले २७ जोड्दा कृष शर्माले १७ रनको योगदान दिए । इलाइटका मनिस कामतले ३ विकेट लिँदा राजु विश्वकर्माले पनि ३ विकेट लिए । खेलको प्लेयर अफ द म्याच विराटनगरका सिताराम कामत घोषित भए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।