मेयर कप अण्डर–१६ फुटबलमा चार विद्यालय सेमिफाइनलमा प्रवेश

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा जारी विद्यालयस्तरीय अण्डर–१६ मेयर कप फुटबल प्रतियोगितामा चार विद्यालय सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आदर्श माविको समन्वयमा माघ ६ गतेदेखि सुरु भएको प्रतियोगिताअन्तर्गत बिहीबार शहीद रङ्गशालामा सम्पन्न क्वाटरफाइनल खेलबाट सेन्ट जोसेफ, डन बसको, जनता नमुना र आदर्श माध्यमिक विद्यालय अन्तिम चारमा पुगेका हुन् ।

क्वाटरफाइनलको पहिलो खेलमा सेन्ट जोसेफ माध्यमिक विद्यालयले मोडर्न एरा माध्यमिक विद्यालयलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय ग¥यो । उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका सेन्ट जोसेफका अरविन्दराज गिरी ‘खेलको उत्कृष्ट खेलाडी’ घोषित भए ।

दोस्रो क्वाटरफाइनल खेलमा डन बसको माध्यमिक विद्यालयले बुढानीलकण्ठ माध्यमिक विद्यालयलाई हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो । डन बस्कोका शुभम कामतले प्रभावशाली खेल प्रस्तुत गर्दै ‘खेलको उत्कृष्ट खेलाडी’को उपाधि हात पारे ।

त्यसैगरी तेस्रो खेलमा जनता नमुना माध्यमिक विद्यालयले सनसाइन माध्यमिक विद्यालयलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश ग¥यो । खेलमा जनता नमुनाका दुर्लभ भुजेल उत्कृष्ट खेलाडी घोषित भए ।
अन्तिम क्वाटरफाइनल खेलमा आदर्श माध्यमिक विद्यालयले बीकेभीएम माध्यमिक विद्यालयमाथि विजय हासिल गर्दै अन्तिम चारको यात्रा तय ग¥यो । उक्त खेलमा आदर्शका योगेश राजवंशी ‘खेलको उत्कृष्ट खेलाडी’ बने ।

विराटनगर महानगरपालिकाले विद्यालयस्तरमै खेलाडी उत्पादन गर्ने उद्देश्यसहित आयोजना गरेको प्रतियोगिताले विद्यार्थी खेलाडीको प्रतिभा उजागर गर्न सहयोग पुगेको आयोजकको भनाइ छ । प्रतियोगिता
सोचेभन्दा निकै उत्कृष्ट रुपमा सञ्चालन भइरहेको आयोजक समितिका सदस्यसचिव आदर्श माविका प्राचार्य सन्तोष पोखरेलले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।