नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी रद्द
काठमाडौ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी रद्द भएको छ ।
कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराउनुभएका चौधरीविरुद्ध परेको उजुरीमाथि छानबिन गर्दै निर्वाचन आयोगले चौधरीको उम्मेदवारी खारेज गरेको हो ।
पाँच जना उम्मेदवारविरुद्ध उजुरी परेकोमा तीन वटा उजुरी नै खारेज भएका छन् ।
भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीबाट उम्मेदवार रहेकी जानुका पाठकविरुद्ध परेका दुवै उजुरी खारेज भएपछि उहाँहरूको उम्मेदवारी कायम भएको छ ।


