विराटनगर बसपार्क होटलबाट २० वर्षीय युवक मृत फेला, सँगै रहेकी युवती पक्राउ

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–११ स्थित बसपार्कको एक होटलमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।

मोरङ प्रहरीले बिहीबार दिउँसोतिर २० वर्षीय एक युवकलाई बसपार्कस्थित एक होटलमा मृतावस्थामा फेला पारेको हो ।

प्रहरीले उनीसँगै रहेकी एक युवतीलाई पनि नियन्त्रणमा लिएको छ । युवतीले नै दिएको सूचनाका आधारमा प्रहरीले युवकको शव फेला पारेको हो । तथापि, यस विषयमा अनुसन्धान भइरहेका कारण प्रहरीले विस्तृत विवरण भने खुलाएको छैन ।

शवको पोस्टमार्टम विराटनगरस्थित कोशी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।