विराटनगरमा केटी साथीसँग कोठामा बसेका युवक कोठामै मृत फेला

विराटनगर । विराटनगर–११ बसपार्क नजिकै एक घरमा डेरा लिएर बसेका युवक कोठामै मृत अवस्थामा फेला परेका छन् । केटी साथीसँग कोठामा बसेका युवक बिहीबार दिउसो मृत अवस्थामा फेला परेका हुन् । प्रहरीले युवतीलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ ।

युवतीले नै दिएको सूचनाका आधारमा प्रहरी कोठामा पुगेको हो । प्रहरीले शव बरामद गरेर कोशी अस्पताल पु¥याएको छ । मृत्यु हुने विराटनगर–८ का मनिस चौधरी हुन् । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

कोठामा मदिरा तथा लागुऔषधसँग सम्बन्धित वस्तुहरु छरिएको अवस्थामा बरामद गरेको छ । मृतकको पोस्टमार्टम विराटनगरस्थित कोशी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

मोरङका प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीका अनुसार कोठामा चारजना रहेको खुलेको छ । बुधबार राती उनीहरुसँगै बसेर मदिरा लगायत लागुऔषध खाएको खुलेको छ । त्यसपछि दुईजना त्यहाँबाट गएको भनिएको छ । प्रहरीले अहिले घटना कसरी भयो भनेर अनुसन्धान गरिरहेको बाँकी विवरण दिएको छैन ।

यद्यपी मादक पदार्थ र लागुऔषध एकै पटक खाँदा ओभरडोजका कारण निधन भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।