ताप्लेजुङमा प्रथम सहिद कप माघ १६ गतेदेखि हुने

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा प्रथम सहिद कप हुने भएको छ । योङ कम्युनिष्ट लिग (वाईसिएल) मिक्वाखोला गाउँपालिकाको आयोजनामा शहिद दिवसको अवसरमा माघ १६ गते देखी २१ गतेसम्म अन्तरपालिका स्तरीय पुरुष फुटवल प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताको विजेता हुने टिमले १ लाख ५१ हजार १ सय ११ रुपैँया र उपविजेता हुने टिमले १ लाख १ सय ११ रुपैँयाका साथमा ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।

प्रतियोगितामा जिल्लाका ८ वटा टिमको सहभागीता रहने र सबै खेल मिक्वाखोला गाउँपालिका–४ स्थित थलङ खेल मैदानमा हुने खेल संयोजक रणध्वज थलङले बताउनुभयो । उहाँका अनुसार खेल अन्तरपालिका स्तरीय हुने भएतापनि ३ जना खेलाडी पालिका बाहिरका खेलाउन पाईने आयोजकले जनाएको छ ।

१० वर्षे जनयुद्धका ताप्लेजुङ जिल्लाको पहिलो सहिद नरेन्द्र थलङ (सिडमान) र मिक्वाखोला गाउँपालिकाका सहिदहरूको स्मरण तथा सम्झाना स्वरूप साथै खेलकुदको माध्यमद्धारा पालिकाको पर्यटकीय क्षेत्रलाई समेत टेवा पुयाउने उदेश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको मिक्वाखोला गाउँपालिका उपाध्यक्ष डण्डु शेर्पाले बताउनुभयो ।-रेडियो काबेली

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।