देशले चाहेको व्यक्तिलाई सहयोग गर्छु भन्दै बाबुरामले लिए उम्मेदवारी फिर्ता
काठमाडौं । गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशले आवश्यक ठानेको व्यक्तिलाई आगामी निर्वाचनमा सघाउने प्रतिबद्धता जनाएका छन् ।
शुक्रबार आफ्नो उम्मेदवारी फिर्ताको घोषणा गरेपछि उनले आफू निरन्तर जनताको सेवामा लागिरहने बताएका हुन् ।
‘आगामी दिनमा देशले चाहेको अनुसारकै व्यक्तिलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,’ भट्टराईले भनेका छन्, ‘प्रस्थावक र समर्थक साथीहरूलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।’


