आफैले पढेको बिद्यालयमा पुगेर बालबालिकालाई अक्षराम्भ गराउँदै रास्वपा मोरङ ३ का उम्मेदवार गणेश कार्की
पथरी । मोरङको क्षेत्र नम्बर ३ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश कार्कीले आफ्नो गृह वडा पथरी शनिश्चरे–४ मा अवस्थित भागिरथ माध्यमिक विद्यालयमा सरस्वती पूजा गरेका छन् ।
सो अवसरमा उम्मेदवार कार्कीले भागिरथ माविमा नयाँ भर्ना हुने बालबालिकालाई अक्षराम्भ गराएका थिए ।
भागिरथ माविमा २०४७ सालमा अक्षराम्भ गरेका कार्कीले सोही विध्यालयदेखि २०५७ सालको एसएलसी परीक्षामा फस्ट डिभिजन ल्याई साविकको शनिश्चरे गाविस टप गरेका थिए ।


