रौतहटमा सवारी दुर्घटनामा परी दुई जना युवकको मृत्यु
रौतहट । रौतहटको राजदेवी नगरपालिका-१, पथरा स्कुल नजिकै भएको सवारी दुर्घटनामा परी दुई जना युवकको ज्यान गएको छ। गौर–पिपरा भित्री सडक खण्डमा दुईवटा मोटरसाइकल एक-आपसमा ठो!क्किँदा यो दुःखद घटना भएको हो।
शुक्रबार दिउँसो करिब पौने १२ बजे राजदेवी नगरपालिका-१, पथरा स्कुल नजिक गंगापिपराबाट गौरतर्फ आउँदै गरेको प्र.२–०३–०१८ प ३३४६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बिआर ३० ए एफ २३७० (भारतीय नम्बर प्लेट) को मोटरसाइकल आपसमा ठ”क्कर खाएको हाे ।
प्रहरीका अनुसार तीव्र गतिका कारण दुवै मोटरसाइकल एक-आपसमा ठोक्किएका थिए। मृतकहरूको पहिचान खुलाउने र थप अ’नुसन्धान गर्ने कार्य भइरहेको छ।


