धनकुटामा निर्वाचन प्रहरीको लागि पु:न आवेदन खुला
धनकुटा,९ माघ । धनकुटामा निर्वाचन प्रहरीको लागि पुनः दरखास्त आव्हान गरिएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को लागि स्वीकृत “निर्वाचन प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपाल) कार्यविधि- २०८२” अनुसार निर्वाचन प्रहरी पदपूर्ति गर्न निर्वाचन प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन समिति धनकुटाको गत पुष २४ गतेको निर्णयानुसार पुष २५ गते देखि माघ ३ गते सम्म निर्वाचन प्रहरी भर्नाको लागि दरखास्त आव्हान गरिएको थियो ।
सो अवधिमा माग बमोजिमको आवेदन नपरेपछि पुनः दरखास्त आव्हान गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
पुनः दरखास्त भोलि माघ १० गते बिहान १० बजे देखि माघ ११ गते बेलुका ४ बजे सम्मको लागि (शनिवार समेत) २ दिन पुनः आवेदन फारम दर्ता गर्न आव्हान गरिएको छ ।
आवेदन दर्ता जिल्ला प्रहरी कार्यालय धनकुटा,
सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म मुख्यालय छिन्ताङ ,इलाका प्रहरी कार्यालय छिन्ताङ र इलाका प्रहरी कार्यालय राजारानी धनकुटाबाट गर्न सकिने जनाइएको छ ।



