विराटनगर महानगर अन्तरविद्यालय मेयर कप फुटबल : आदर्श र डनबस्कोबीच उपाधि भीडन्त निश्चित

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजना तथा आदर्श माध्यमिक विद्यालयको संयोजनमा सञ्चालन भइरहेको मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनल खेलबाट आदर्श माध्यमिक विद्यालय र डनबस्को (निलगिरी) माध्यमिक विद्यालय फाइनलमा प्रवेश गरेका छन् ।

विराटनगरस्थित सहिद रङ्गशालामा शुक्रबार सम्पन्न सेमिफाइनल खेलहरू अत्यन्त प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेका थिए । पहिलो सेमिफाइनल खेलमा डनबस्को (निलगिरी) माध्यमिक विद्यालयले सेन्ट जोसेफ माध्यमिक विद्यालयलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गर्‍यो । उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका डन बस्को (निलगिरी) का उदेश केसी लाई खेलका उत्कृष्ट खेलाडी घोषित गरिएको थियो ।

त्यसैगरी दोस्रो सेमिफाइनल खेलमा आदर्श माध्यमिक विद्यालय र जनता नमुना माध्यमिक विद्यालयबीच कडा प्रतिस्पर्धा देखिएको थियो । निर्धारित समयसम्म दुवै टोलीबाट एक–एक गोल भएपछि खेल बराबरीमा टुङ्गिएको थियो। त्यसपछि भएको निर्णायक पेनाल्टी सुटआउट मा आदर्श माध्यमिक विद्यालयले ४–२ गोल अन्तरको जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्‍यो । उक्त खेलमा आदर्शका योगेश राजवंशी उत्कृष्ट प्रदर्शनका कारण खेलका उत्कृष्ट खेलाडी घोषित भए ।

आयोजकका अनुसार मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको फाइनल खेल माघ ११ गते, दिउँसो १ बजे शहीद रङ्गशाला, विराटनगरमा हुनेछ । फाइनल खेलमा आदर्श माध्यमिक विद्यालय र डनबस्को (निलगिरी) माध्यमिक विद्यालयबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताले विद्यार्थी खेलाडीको प्रतिभा उजागर गर्नुका साथै विद्यालयस्तरको फुटबल विकासमा सकारात्मक योगदान पुर्‍याएको आयोजकको भनाइ छ । फाइनल खेलप्रति फुटबलप्रेमी दर्शक तथा खेलप्रेमीहरूको उत्साह उल्लेखनीय रूपमा बढिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।