छिन्ताङकाण्डका साक्षी महिला योद्धाहरू सम्मानित,गोरखमाया राईलाई ५० हजारसहित ‘मितेरी गंगादेवी शान्ति पुरस्कार’ प्रदान

धनकुटा । २०३६ सालको ऐतिहासिक छिन्ताङकाण्डका साक्षी महिला योद्धाहरू गोरखमाया राई, रेखा राई, मिना राई र शारदा राईलाई एक्सन वर्क नेपालले विशेष सम्मान गरेको छ।

तत्कालीन किसान आन्दोलन र छिन्ताङ विद्रोहका क्रममा साहसिक भूमिका निर्वाह गरेका ती महिलाहरूको योगदानको कदर गर्दै सम्मान कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा गोरखमाया राईलाई नगद ५० हजार रुपैयाँसहित ‘मितेरी गंगादेवी शान्ति पुरस्कार’ प्रदान गरिएको थियो। महिलाको त्याग, संघर्ष र शान्ति स्थापनामा पुर्‍याएको योगदानलाई सम्मान गर्दै प्रदान गरिएको उक्त पुरस्कारले आन्दोलनमा महिलाको भूमिकालाई उजागर गरेको छ।

सम्मान कार्यक्रममा महिला नेतृ तथा संविधानसभा सदस्य विन्दा पाण्डे, अखिल नेपाल महिला संघकी केन्द्रीय महासचिव पेम्बा लामा, पत्रकार सम्झना पौडेल, सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राई, उपाध्यक्ष रत्नस्वरी राई , अनेमा संघ जिल्ला अध्यक्ष गाेमा कार्की , सचिव सम्झना आले , वडा अध्यक्ष हेमकुमार राई ,जनप्रतिनिधिहरु लगायतको उपस्थितिमा सम्मान हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा बोल्दै पत्रकार सम्झना पौडेलले महिला आन्दोलनमा अग्रपंक्तिमा रहेर संघर्ष गरेका महिला योद्धाहरूको इतिहास खोजी, अभिलेखीकरण र पुस्तक प्रकाशनको तयारी भइरहेको जानकारी दिनुभयो। उहाँले महिलाहरू जहिले काममा अगाडि रहे पनि नाम र इतिहास भने ओझेलमा पर्ने गरेको यथार्थ औंल्याउँदै मेटिँदै गएको महिलाको इतिहास उजागर गर्नु आजको आवश्यकता भएको बताउनुभयो।

त्यस्तै, प्रमुख अतिथि विन्दा पाण्डेले बोल्ने र लेख्नेहरूको मात्र इतिहास लेखिने प्रवृत्तिका कारण आन्दोलनमा सक्रिय महिलाहरूको योगदान ओझेलमा परेको उल्लेख गर्नुभयो। उहाँले महिलाले खेलेको ऐतिहासिक भूमिकालाई दस्तावेजीकरण गरी भावी पुस्तासम्म पुर्‍याउनुपर्नेमा जोड दिनुभयो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।