नेपाली कांग्रेस धनकुटाद्वारा चुनावी रणनीति तय
धनकुटा । आउदो फागुन २१ गते हुन लागेकाे प्रतिनीधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस धनकुटाले चुनावी रणनीति तय गरेकाे छ ।
उसले शुक्रवार पार्टीका नेता कार्यकर्ताहरुकाे वुहत जिल्ला स्तरिय भेला गरि चुनावी रणनीति तय गरेकाे हाे । भेलालाई सम्बाेधन गर्दै नेपाली कांग्रेस धनकुटाको तर्फबाट प्रतिनीधि सभा सदस्य उम्मेदवार दिने राईले जिल्लाकाे विकास र समृद्धीका लागि रुख चिन्हमा मतदान गरी विजयी गराउन अनुरोध गर्नु भयो ।
पूर्व सभापतीहरु मनोहर नारायण श्रेष्ठ,हरी कुमार राई,प्रदेश सभा सदस्य ईन्दिरा थापा, महासमिती सदस्य आनन्द सन्तोषी राई, नेता कमोट फागाे, जिल्ला सचिव तथा निर्वाचन मूल प्रचार प्सार समितीका संयाेजक विजय सन्तोषी राई, जयन्द्र घिसिङ,सहचिव श्रीराम रायमाझी,पाख्रिवास नगरपालिकाका मेयर ज्ञान वहादुर गुरुङ, सागुरीगढी गाउपालिका अध्यक्ष जितेन्द्र राई,छथरजोरपाटी गाउपालिका अध्यक्ष छत्र सुब्बा,प्रदेश कार्य समितिका सदस्य गोविन्द्र लिम्बु लगायतले रणनीति तयार गर्न महत्वपूर्ण सुझाव दिएका थिए ।
पार्टीका जिल्ला कार्यवाहक सभापती निर्मल प्रसाद ओझाको अध्यक्षमा भएको भेलामा जिल्ला सदस्यहरु गजेन्द्र घिमिरे, चन्द्र याखा, निर्वाचन क्षेत्र नं (ख) का क्षेत्रिय सभापती राजन पौडेल,उपसभापती चन्द्र लिम्बु, ,दलित संघका केन्द्रिय सदस्य हरी दियाली,पाख्रिवास नगर कार्य समितिका सभापती प्रेम भण्डारी,सागुरीगढी गाउपालिका कार्य समितिका सभापती नेपालधन राई,सहिदभूमी गाउपालिका कार्यसमितीका सभापती टंक राई पाख्रिवास ४ का वडा सभापती श्याम प्रकाश राई, सागुरीगढी वडा नं. ५ का सभापती ओम प्रकाश लिम्बु, लगायतले समेत निर्वाचन जित्ने रणनीति प्रस्तुत गरेका थिए ।
भेलामा निर्वाचन मुल प्रचार प्रसार समितीका संयोजक राईले उम्मेदवारी मनोनयन दर्ता गरिसकेपछि अहिलेसम्म भए काम र भावी दिनमा गरिने निर्वाचन प्रचार प्रसारकाे तयारीकाे वारेमा जानकारी प्रस्तुत गर्नु भएको थियो ।




