बालेनले गरे तेह्रथुमको म्याङ्लुङ देवीथानको दर्शन

तेह्रथुम, माघ १० । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि पूर्वी नेपालमा चुनावी अभियानमा लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह आज तेह्रथुम पुगेका छन् ।

झापा–५ बाट चुनाव लड्न लागेका उनी त्यस आसपासका जिल्लामा चुनावी अभियानसँगै शक्तिपीठहरुमा धाउन सुरु गरेका छन् । उनले आज बिहान तेह्रथुमको म्याङ्लुङ देवीथानको दर्शन गरेका छन् । यसअघि उनले इलाम, ताप्लेजुङ र पाँचथरका विभिन्न क्षेत्रमा पुगेका थिए ।

हाइप्रोफाइल भिडन्त हुने भएपछि शाह यतिबेला पूर्वी नेपालका विभिन्न जिल्लाहरूमा पुगेर जनमत आफ्नो पक्षमा पार्ने कसरतमा छन् । पाथीभराको दर्शनसँगै आफ्नो चुनावी अभियान थप ऊर्जाका साथ अगाडि बढाउने संकेत दिएका छन् ।

झापा-५ मा एमाले अध्यक्ष केपी शर्मा ओली र शाहबीचको यो प्रतिस्पर्धालाई राष्ट्रिय राजनीतिमा निकै महत्त्वका साथ हेरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।