ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको नवनिर्मित भवनबाट सेवा सुचारु

ताप्लेजुङ, माघ १० गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले नवनिर्मित भवनबाट सेवा सुचारु गरेको छ । पालिकाको केन्द्र हाङपाङमा निर्माण सम्पन्न भएको नव निर्मित भवनबाट नै सेवाग्राहीलाई सेवा दिन सुरु गरिएको हो ।

शुक्रबार नवनिर्मित भवनको औपचारिक रुपमा उद्घाटन गरि सेवा दिन थालिएको हो । प्रशासकीय भवनसँगै आठराई त्रिवेणी सामुदायिक हलको समेत उद्घाटन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमु दिपेनको हस्त बाहुलीबाट दुवै भवनको उद्घाटन गरिएको छ ।

छ करोड ५३ लाख रुपियाँको लागतमा निर्मित भवनको औपचारिक रुपमा उद्घाटन गरी सेवा दिन थालिएको अध्यक्ष पोमुको भनाइ छ । भवनको शिलान्यास २०७९ सालमा गरिएको थियो । त्यस्तै गत वर्ष शिलान्यास गरिएको सामुदायिक हल भने ८० लाख रुपियाँको लागतमा निर्माण सम्पन्न भएको गाउँपालिकाले उल्लेख गरेको छ ।

लिम्बू जातिको केःलाङ च्याब्रुङ तथा नौमती बाजासहित भवन र हलको उद्घाटन गरिएको छ । नवनिर्मित हलमा भने खेलकुद लगायतका अन्य कार्यक्रम समेत सञ्चालन गर्ने संरचना तयार पारिएको अध्यक्ष पोमुले बताउनुभयो । भवन तथा हलदेखि करिब पाँच सय मिटर आसपासको सडकमा समेत कालोपत्रे गरिएको छ ।

उद्घाटन कार्यक्रममा अध्यक्ष पोमुसहित पाथीभरा याङवरक गाउँपालिकाका अध्यक्ष केशर मेन्याङबो, फुङलिङ नगरपालिकाका उपप्रमुख भीमादेवी ओझा, पाथीभरा याङवरक गाउँपालिकाका उपाध्यक्ष रनमाया गुरुङ, आठराई त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष सान्ता कुमारी आङबुहाङ, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य, पालिकाका कर्मचारी, स्वास्थ्यकर्मी, पालिकाका ३३ वटै सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष लगायत स्थानीयको सहभागिता रहेको थियो ।-रेडियो काबेली

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।