चट्याङ लागेर दुई बालक घाइते
डोटी । डोटीमा चट्याङ लागेर दुई बालक घाइते भएका छन् ।
डोटीको बडिकेदार गाउँपालिका–२ सडेखानमास्थित घन्सराम लामिछानेको तीन कोठे एक तले कच्चीघरमा चट्याङ पर्दा उनका ७ वर्षीय नाती दीपेश पुन मगर र छिमेकी शेर बहादुर लामिछाने मगरको १३ वर्षीया छोरा गोकुल लामिछाने मगर घा इते भएका छन् ।


