रास्वपा नेता बालेन शाहको धनकुटा सहित पाख्रिबासमा भेटघाटको कार्यक्रम स्थगन
धनकुटा,१० माघ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का बरिष्ठ नेता बालेन शाह आज धनकुटाको पाख्रिबास आउने भनिएको कार्यक्रम स्थगन गरिएको छ ।
नेता बालेन आज दिनको २ बजे पछि पाख्रीबास नगर समितिको कार्यालय पाख्रीबास–४ मा भेटघाटको लागि आउने कार्यक्रम थियो ।
हिले स्थित कान्जिरोवा होटलमा बिहानको खाना खाएर धनकुटा सहित पाख्रिबासमा भेटघाटको कार्यक्रम राखिएकोमा प्राविधिक कारण सिधै झापा तर्फ प्रस्थान गरेको रास्वपा पाख्रीबास नगर समितिको कार्यालयले जनाएको छ ।


