अस्मिता थापा ओखलढुंगा जिल्लाकै सर्वाधिक लोकप्रिय उम्मेदवार, एमालेको विजयलाई कसैले रोक्न सक्दैन

काठमाडौं, १० माघ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व सांसद यज्ञराज सुनुवारले ओखलढुंगाबाट प्रतिनिधिसभाको उम्मेदवार रहेकी नेतृ अस्मिता थापा जिल्लाको हकमा युवा पुस्ताका बीचमा सर्वाधिक लोकप्रिय उम्मेदवार रहेको दाबी गरेका छन् ।

उनले सधैं एउटै व्यक्तिले अवसर पाउने कुरा एमालेजस्तो पार्टीमा असम्भव रहेको भन्दै हिजो एमालेले महत्वपूर्ण जिम्मेवारीमा पुर्याएका कतिपय व्यक्तिको कर्म र अभिव्यक्तिबाट भने आफूहरु अचम्मा परेको टिप्पणी गरेका छन् । सुनुवारले आज एक अपिल जारी गर्दै अनेकौं षड्यन्त्रका बीच एमालेको विजय यात्रालाई कसैले रोक्न नसक्ने निश्चित रहेको पनि दाबी गरेका छन् ।

उनले जारी गरेको वक्तव्य यस्तो छ-

सवैमा शुभ विहानी। नेकपा एमाले ओखलढुंगा यतिबेला आगामी फाल्गुन २१ गते हुन गईरहेको प्रतिनिधि सभाको निर्वाचनमा ऐतिहासिक विजयको लक्ष्य सहित अघि बढी रहेको छ ।यतिबेला हाम्रो विजयी यात्रालाई रोक्न भित्र अनि वाहिरवाट अनेकन षड्यन्त्र भईरहेका छन् ।हाम्रो पार्टीले यस निर्वाचनमा पहिलो पटक एक जना शशक्त महिला,युवा उम्मेदवार कमरेड अस्मिता थापालाई अघि सारेको सर्वविदितै छ।उहाँ ,ओखलढुंगा जिल्लाको हकमा युवा पुस्ताका विचमा सर्वाधिक लोकप्रिय उम्मेदवारका रुपमा हामीले बुझेका छौ ।

यस विचमा आफ्नो दायित्वलाई भुलेर नेकपा एमालेले हिजो महत्त्वपूर्ण जिम्मेवारीमा पुर्यायको कतिपय ब्यक्तिवाट भएका कर्म र अभिव्यक्तिवाट हामी अचम्मित भएका छौ । सधैं एउटै ब्यक्तिले अवसरहरु पाई रहने कुरा हाम्रो जस्तो पार्टीमा असम्भव छ। पार्टीले लिएको राष्ट्रियता प्रतिको चट्टानी अडान ,लोक कल्याणकारी राज्यको परिकल्पना ,देशको सन्तुलित विकास अनि सुशासन र ओखलढुंगाको विकासका लागि हामीले गरेको योगदानको विषयलाई स्थापित गर्दै सयौं कार्यकर्ताहरु हजारौं मतदाताको विचमा पुगी रहनु भएको छ।निस्वार्थभावले खटी रहनु भएका सम्पुर्ण कमरेडहरुमा उच्च सम्मान ब्यक्त गर्दै कुनै भ्रम र होहल्ला वाट विचलित नभई आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभाको निवाचनमा आम ओखलढुंगावासी मतदातालाई इतिहास रच्ने कार्यमा सरिक हुन हार्दिक अनुरोध गर्दछु।अनेकौं षड्यन्त्रका विच नेकपा एमालेको विजय यात्रालाई कसैले रोक्न नसक्ने निश्चित छ।
-हाम्रो यात्रा जारी छ।

-नेकपा एमाले -जिन्दावाद ।
– यज्ञराज सुनुवार ,केन्द्रीय कमिटी सदस्य ,ओखलढुंगा इन्चार्ज ,२०८२,माघ १०,माम्खा,ओखलढुंगा ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।