राष्ट्रिय झण्डा ओढेर भोट माग्नु आपत्तिजनक: मुख्यमन्त्री कार्की
धनकुटा। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय झण्डाको दुरुपयोग गरेर भोट माग्ने गतिविधि गैरकानुनी र आपत्तिजनक रहेको बताएका छन् ।
धनकुटा लेडी जेसिसको सातौँ पद हस्तान्तरण कार्यक्रममा बोल्दै उनले निर्वाचनमा राष्ट्रिय गरिमा झल्काउने सूर्यचन्द्र अंकित झण्डा प्रयोग गर्नु अनुचित रहेको टिप्पणी गरे ।
मुख्यमन्त्री कार्कीले चुनाव प्रचारका क्रममा विभिन्न दलहरूले राष्ट्रिय झण्डाको दुरुपयोग गर्दा राष्ट्रिय एकता र प्रतीकको अवमूल्यन भएको बताए ।


