धनकुटा घर भएका राईको इटहरीमा ट्रकले ठक्कर दिंदा मृत्यु

इटहरी । इटहरी उपमहानगरपालिका–६ स्थित मुख्य चोकमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००४ क ३१८१ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलयात्री धनकुटा घर भई हाल इटहरी उपमहानगरपालिका–४ मा बसोबास गर्दै आएका अन्दाजी ४५ वर्षका पूर्णप्रसाद राईको मृत्यु भएको हो ।

घटनास्थलबाट उपचारका लागि प्रहरीको भ्यानमार्फत धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएपनि शनिवार राति २१ः५४ बजेतिर चिकित्सकले मृत घोषणा गरेका छन्।दुर्घटनापछि स्थानीयले आक्रोश व्यक्त गर्दै चोकमा सवारी आवागमन अवरुद्ध गरेका थिए।

दुर्घटनामा संलग्न ट्रक र चालक जिल्ला बारा, कलैया–१६ का २९ वर्षीय उपेन्द्र यादवलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारण ट्रकको तीव्र गति रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।