प्रथम लिङ्तेप गोल्डकप : आयोजक रातो सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिड्तेपमा जारी आमन्त्रित प्रथम लिङ्तेप गोल्डकपमा प्रगतिशील युवा क्लब आयोजक रातो सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा मानाभारा युथ स्पोर्टिङ क्लब खेजेनिमलाई ४–१ गोल अन्तरले पराजित गर्दै आयोजक रातो सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको ३३ औं मिनेटमा आयोजकको तर्फबाट सविन तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाउनु भएको थियो । यस्तै आयोजकको तर्फबाट नै फेरी खेलको ४२ औं मिनेटमा शिशिर राईले गोल गर्दै टिमलाई २–० को अग्रता दिलाउनुभयो

यस्तै खेलको ४९ औं मिनेटमा आयोजकको तर्फबाट नबिन भुजेलले गोल गर्नुभएको थियो भने, खेलको ६५ औं मिनेटमा आयोजककै दिपेश लिम्बूले गोल गर्नु हुँदै ४–० गोल अन्तरमा पुर्‍याउनु भएको थियो । यता खेलको ७० औं मिनेटमा मानाभाराको तर्फबाट आर. के. कन्दङ्वाले गोल गर्दै टिमलाई ४–१ गोल अन्तरमा पुर्‍याउनुभएको हो ।

बसन्त पञ्चमीको अवसरमा प्रगतिशील युवा क्लबको आयोजनामा सञ्चालित गोल्ड कपमा शुक्रबार भएको उद्‌घाटन खेलमा लालिमा युवा क्लब ढुङ्गेसाँघुले आयोजक निलोलाई ७–३ गोल अन्तरले पराजित गरेको छ । यो सँगै लालिमा युवा क्लब ढुङ्गेसाँघु पनि सेमिफाइनलमा प्रवेश गरी सकेको छ । अब भोलि दुई खेल सञ्चालन हुने खेल संयोजक विश्व नाल्बोले जानकारी दिनुभयो ।

उहाँको अनुसार भोलि पहिलो खेलमा साथीभाइ युवा क्लब फुङलिङ र पुवाजुङ फुटबल क्लब इलामबिच प्रतिस्पर्धा हुने छ । यस्तै दोस्रो खेलमा पृथ्वी लेस्नमाया युथ क्लब खाम्लुङ र कुम्मायक कुसायक पाँचथर बिच प्रतिस्पर्धा हुने छ ।

तुलसी स्मृति प्रतिष्ठान खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगिताका विजेता टिमले ३ लाख २ हजार ८२ रुपियाँ सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै दोस्रो हुने टिमले १ लाख ५२ हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद दुई हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोलकर्तालाई जनही ४ हजार रुपियाँ र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ८ हजार रुपियाँ प्रदान गरिनेछ । फुटबलको माध्यमबाट मेरिङदेनमा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले गोल्डकपको आयोजना गरिएको हो । प्रतियोगिताको फाइनल खेल माघ १३ गते हुनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब ११ लाख रुपियाँ लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।