विराटनगर स्थित एस्पायर कलेजमा अन्तर्राष्ट्रिय एडटेक बुटक्याम्प तथा ह्याकाथन सम्पन्न

विराटनगर । विराटनगर स्थित काठमाडौँ विश्वविद्यालयको , एस्पायर कलेजले, शिवम् अर्गनाइजेसनको आर्थिक सहयोग र दक्षिण कोरियाको अग्रणी एडटेक कम्पनी छन्जे एजुकेशनको प्राविधिक सहयोग र सहकार्यमा सञ्चालन गरेएको छ हप्ते अन्तर्राष्ट्रिय एडटेक बुटक्याम्प तथा दुईदिने ह्याकाथन सफलतापूर्वक सम्पन्न गरेको छ।

विराटनगरस्थित होटल स्वागतममा गरिएको औपचारिक समापन समारोहमा उत्कृष्ट आइडिया पिचिङ गरि प्रथम स्थान हाँसिल गर्ने प्रनिशा पौडेल, ग्रेशा बोगटी र सरिता मगरको टिमलाई हौसला र प्रेरणाका स्वरुप रु पचास हजार नगद पुरस्कार प्रदान गरियो, द्वितीय स्थान हाँसिल गर्ने विनम पौडेल, दीक्षा राई र निकेश राजवंशीको टिमलाई रु तिस हजार र तृतीय स्थान हाँसिल गर्ने सुशान्त नेपाल, कुशल कुवर र आयुष मेहतालाई रु पन्ध्र हजार नगद पुरस्कार प्रदान गरेको कलेजले जानकारी दिइकोछ । साथै, पुरुषका तर्फबाट अनिश श्रेष्ठ ले र महिलाका तर्फबाट पुष्प कुमारी राय लाई उत्कृष्ट राइजिङ स्टारको सम्मान प्राप्त गरे । बुटक्याम्प तथा ह्याकाथनमा सहभागी ३६ जना विद्याथीहरुलाई प्रमाणपत्र तथा सम्मान प्रदान गरिएको थियो।

कलेजकी शैक्षिक संयोजक प्रितिका बस्नेतका अनुसार छ हप्ते बुटक्याम्प अवधिमा विद्यार्थीहरूले कोडिङ वर्कफ्लो, इन्टरेक्टिभ लर्निङ सिस्टम, डिजाइन तथा डिजिटल कन्टेन्ट विकासमा प्रत्यक्ष अनुभव हासिल गरे भने २ दिने ह्याकाथनमा १२ टोलीले आफ्ना परियोजनाहरू प्रस्तुत गरे, जसको मूल्याङ्कन समस्या पहिचान, प्रविधिक कार्यान्वयन, प्रयोगकर्ता अनुभव, नवप्रवर्तन, टोली समन्वय तथा भविष्यमा विस्तार गर्न सकिने सम्भावनाका आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरुबाट गरिएको थियो।

समापन समारोहमा बोल्दै छन्जे एडकेशनका प्रमुख डा. किमले विद्यार्थीलाई अन्तर्राष्ट्रिय एडटेक अभ्याससँग जोड्दै आत्मविश्वास र सीप विकासमा महत्वपूर्ण योगदान पुर्याउने र अन्तर्राष्ट्रिय इन्टर्नसिप र रोजगार समेतको सहयोग गर्ने बताए । आगामी दिनमा यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमलाई निरन्तरता दिँदै थप अर्को चरणको बुटक्याम्प, प्रत्यक्ष परियोजना सहभागिता तथा दीर्घकालीन शैक्षिक सहकार्य विस्तार गर्ने योजना रहेको जानकारी क्याम्पसका अध्यक्ष बिकास अधिकारीले बताउनुभयो।

यस कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको एडटेक अभ्याससँग जोड्दै डिजिटल शिक्षण सामग्री विकासमा व्यावहारिक सीप प्रदान गर्नु तथा प्रविधि आधारित समाधान निर्माणतर्फ उत्प्रेरित गर्नु रहेको कुरा कलेजका एकेडेमिक डाइरेक्टर प्रतिक राउतले बताउनुभयो। कार्यक्रममा सहभागि सम्पुर्ण अतिथि तथा प्रतिस्पर्धि विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गर्दै क्याम्पस प्रमुख सि.एम. बस्नेतले विद्यार्थीहरुलाई डिजिटल संसारसँग जोडेर परिवर्तनको सम्वाहक बन्ने , आई. टी. सँग शिक्षा र समाज जोड्न यो शुरुवात भएको बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।