कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि मतदान सुरु

विराटनगर । कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि मतदान सुरु भएको छ।

विराटनगरस्थित मतदान केन्द्रमा आज बिहानदेखि मतदान प्रक्रिया प्रारम्भ भएको हो। आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका १८ पदका लागि आज सातै प्रदेशमा एकैसाथ निर्वाचन भइरहेको छ, जसअनुसार कोशी प्रदेशमा पनि मतदान दिउँसो ३ बजेसम्म चल्नेछ।

कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा भने निर्वाचन हुन नपरी उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा खस आर्य समूहबाट निर्विरोध निर्वाचित भएका हुन्। बाँकी १७ पदका लागि भने आज निर्वाचन प्रक्रिया अघि बढाइएको छ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ। निर्वाचन आयोगले शान्तिपूर्ण र मर्यादित रूपमा मतदान भइरहेको जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖