सुनसरी ३ मा भगवती चौधरीलाई जिताउन लिलम बस्नेत कमाण्डर
सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा भगवती चौधरीलाई जिताउन लिलम बस्नेत कमाण्डर तोकिनु भएको छ ।
नेकपा एमाले सुनसरी ३ ले २२सय १ सदस्यीय निर्वाचन परिचालन समिति घोषणा गरिएको हो । परिचालन समितिको सह कमाण्डरमा ओम प्रकाश मेहता र उपकमाण्डर हरुमा शिव नारायण चौधरी र आश नारायण चौधरी हुनुहुन्छ ।
परिचालन समितिको सचिब मिलिराम चौधरी रहनुभएको छ।
सुनसरी ३ का प्रत्येक वडास्तरमा समेत परिचालन समिति बनाएर निर्वाचन हाँक्ने संयोजक लिलम बस्नेतले बताउनुभयो ।
सुनसरी ३ वाट अघिल्लो चुनावमा नेपाली काँग्रेसका बिजय कुमार गच्छेदारलाई हराउदै भगवती चौधरी निर्वाचित हुनुभएको थियो । उहाँले गच्छेदार भन्दा ५हजार १ सय ८८ मत बढि ल्याउनुभएको थियो ।


