३ दिनदेखि बेपत्ता भएका प्रहरी जवान जंगलमा मृत फेला

दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान हरि जिसी मृत भेटिएका छन् । घोराही–२ रामपुर ठेगाना भएका उनी जिप्रकाका चालक समेत हुन् ।

८ गते बिहानको ड्यूटी सकेर स्कुटी लिएर निस्केका जिसी तीन दिनसम्म बेपत्ता थिए । प्रहरीले खोजतलास गर्दा उनको शव घोराही–१८ घरडौराको जंगलमा झुन्डिएको अवस्थामा फेला परेको थियो ।

पारिवारिक स्रोतका अनुसार उनका बुबालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका लागि भर्ना गरिएको थियो । उनले कार्यालयमा बिदा माग्दा बिदा नपाएको बताइएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी दिपक श्रेष्ठले पोस्टमार्टम भइसकेको र मोबाइलको लक खुल्नेबित्तिकै मात्रै आत्महत्या किन भयो भन्ने थप अनुसन्धानबाट खुल्ने प्रतिक्रिया दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।