झापा पछि सुदुरपश्चिम तर्फ लाग्दै बालेन

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह झापाको चुनावी कार्यक्रम सकेर भोलि सुदूरपश्चिम प्रदेशतर्फ जाने भएका छन् । झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका साह सुदूरपश्चिमका विभिन्न जिल्लामा पुगेर चुनावी प्रचारमा सहभागी हुने कार्यक्रम तय भएको हो ।

झापामा मनोनयन दर्ता र केही दिनको बसाइपछि काठमाडौं फर्किएका बालेन सुदूरपश्चिमतर्फ प्रस्थान गर्न लागेका हुन् । झापाको बसाइबाट उनी उत्साहित देखिएको र त्यहाँ मतदाता तथा कार्यकर्तासँगको भेटघाट सकारात्मक रहेको बताइन्छ । यद्यपि, झापामा रहँदा उनले प्रयोग गरेको महँगो गाडीलाई लिएर विवाद उत्पन्न भएको थियो । एक व्यवसायीले उपलब्ध गराएको सो गाडी विवादमा परेपछि बालेनले झापामै छोडेर फर्किएको उनका निकट स्रोतले जनाएको छ ।

सुदूरपश्चिममा बालेनको प्राथमिकता आफ्नै टिमका उम्मेदवार रहेका क्षेत्रहरू रहने छन् । उनका प्रमुख स्वकीय सचिव भूपदेव शाह अछाम क्षेत्र नम्बर २ बाट उम्मेदवार छन् भने रास्वपाको कोर टिमका सदस्य केपी खनाल कैलाली क्षेत्र नम्बर २ बाट चुनावी प्रतिस्पर्धामा छन् । यी दुवै निर्वाचन क्षेत्रमा बालेन स्वयं उपस्थित भएर चुनावी अभियानमा साथ दिने तयारीमा रहेका छन् ।

सुदूरपश्चिमका अछाम, कैलाली लगायतका जिल्लामा केही दिन चुनावी गतिविधिमा सहभागी भएपछि बालेन पुनः काठमाडौं फर्कने कार्यक्रम छ । काठमाडौं फर्किएपछि उनले काठमाडौं र ललितपुरका विभिन्न निर्वाचन क्षेत्रमा पनि रास्वपाका उम्मेदवारको पक्षमा चुनावी अभियानमा सहभागिता जनाउने बताइएको छ ।

रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेपछि उनी देशव्यापी रूपमा सक्रिय चुनावी अभियानमा जुटेका छन् । झापा, पूर्वी पहाड हुँदै अब सुदूरपश्चिमसम्मको दौडलाई रास्वपाले आफ्नो संगठन विस्तार र चुनावी सन्देशलाई राष्ट्रिय स्तरमा पुर्‍याउने रणनीतिका रूपमा हेरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।