इटहरी र धरानबाट नक्कली नम्बर प्लेट प्रयोग गरिएका सवारी साधन नियन्त्रणमा

सुनसरी । आफुखुशी नक्कली नम्बर प्लेट प्रयोग गरी सञ्चालन गरिएका दुई वटा चार पाङ्ग्रे सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीले विशेष सूचनाको आधारमा सवारी चेकजाँचका क्रममा धरान उपमहानगरपालिका वडा नम्बर १७ बाट बा ८ च ९५१९ नम्बरको सिल्भर रङको हुन्डाई कम्पनीको कार तथा इटहरी उपमहानगरपालिका वडा नम्बर ५ बाट मे १ च ३८४६ नम्बरको सेतो रङको महेन्द्रा कम्पनीको बोलेरो गाडी नियन्त्रणमा लिएको हो।

जाँचका क्रममा ती सवारी साधनहरूको सवारी नम्बर, इन्जिन नम्बर र चेचिस नम्बर यातायात व्यवस्था कार्यालयको अभिलेखमा फेला नपरेको प्रहरीले जनाएको छ।

आवश्यक कागजात नभएको र सवारी साधनका पहिचान नम्बरहरू परिवर्तन गरी कानून विपरीत सञ्चालन गरिएको पुष्टि भएपछि नियन्त्रणमा लिइएका दुवै सवारी साधनलाई कारबाहीका लागि सुनसरी भन्सार कार्यालय, सेतु बन्ध कोशी ब्यारेजमा बुझाइएको छ।-स्रोत : टाकुरा न्यूज

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।