उज्यालो नेपालको सुनसरी १ मा चुनावी तयारी तीव्र

सुनसरी । आसन्न प्रतिनिधिसभाकाे निर्वाचनलाई लक्षित गर्दै उज्यालो नेपाल पार्टीले सुनसरी क्षेत्र नम्बर एकमा चुनावी तयारी तीव्र बनाएको छ । उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीले सुनसरी क्षेत्र नम्बर एकमा निर्वाचन परिचालन समिति गठन समेत गरेको छ ।

शुक्रबार धरानको पार्टी कार्यालयमा बसेकाे बैठकले साझा उम्मेदवारलाई विजयी गराउन भन्दै पार्टीले प्रदेश एक लोक बहादुर थिङकाे संयाेजकत्वमा ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको थियोे । पार्टीका केन्द्रीय सदस्य एवम् युवा नेता डम्बर लाओती (जेन्टल) सुनसरी-१ का प्रत्यक्षतर्फका उम्मेदवार हुन् । समानुपातिकतर्फ उत्तरकुमारी राई छिन् । उनी जेन-जी आन्दोलनका सहिद साजन मेवाहाङ राईका पारिवारिक सदस्य हुन् ।

निर्वाचन परिचालन समितिकाे सह-संयोजकहरूमा लोक बहादुर राई र मुना राई, सचिवमा अमित थेवे, सहसचिवहरूमा तारा श्रेष्ठ र सीमा राई, आर्थिक विभाग प्रमुखमा कमला रुम्दाली, महिला विभाग प्रमुखमा मिसन लामा, प्रचार प्रसार विभाग प्रमुखमा डम्बर लाबुङ, युवा विभाग प्रमुखमा सुमन राई, विद्यार्थी विभाग प्रमुखमा सीमा राई छन् । त्यस्तै, मिडिया प्रमुखमा युमेहाङ राई, कानून, प्रशासन, राजनीतिक सम्वाद प्रमुखमा विपीन इङ्वाराम रहेका छन् ।

मंगलबार धरान-८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा २६ जनाले मनोनयन पत्र दर्ता गराएको निर्वाचन अधिकृत दिव्यराज घिमिरेले जानकारी दिएका छन् । जसमा १९ जनाले विभिन्न राजनीतिक दलहरूबाट र ७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

उज्यालो नेपाल पार्टीले प्रत्यक्षतर्फ चुनाव चिन्ह ‘चिम’ र समानुपातिकतर्फ ‘बाँसुरी’ मार्फत १६५ निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका छन् । ११० सिट समानुपातितर्फ रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।