धनकुटाबाट लागू औषध गाँजा सहित एक जना पक्राउ
धनकुटा,१२ माघ । धनकुटाबाट लागू औषध गाँजा सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको सहिदभूमि गाउंपालिका ५ का रोहन राई रहेका छन् ।
राईलाई १३ किलो ४०० ग्राम लागु औषध गाँजा सहित इलाका प्रहरी कार्यालय भेडेटारले हिजो नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
पक्राउ परेकाको थप अनुसन्धान भई रहेको छ ।


