धनकुटामा पूर्वमन्त्री राई सहित १७ जना उम्मेदवार चुनावी मैदानमा,यस्तो हुनेछ मतपत्र(नमुना सहित)

धनकुटा । धनकुटामा प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दल र स्वतन्त्र सहित १७ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

जस अनुसार नेकपा एमालेबाट राजेन्द्र कुमार राई, नेपाली काँग्रेसबाट दिनेश राई, नेपाली कम्युनिष्ट पार्टीबाट धर्मराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बिभत्सु थापा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट दिनेश भण्डारी,नेपाल मजदुर किसान पार्टीबाट उत्तम सामकर्मी, श्रम संकृति पार्टीबाट सान बहादुर राई, आम जनता पार्टीबाट प्रेम बहादुर थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट बालकुमारी ताम्ली र जनता समाजवादी पार्टीबाट निशान राई चुनावी मैदानमा छन् ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट रविन कुमार राई, जनता समाजवादी पार्टी नेपालबाट आइत राज लिम्बु, राष्ट्रिय परिवर्तन पार्टीबाट सालिकराम राई र मंगोल नेशनल अर्गनाइजेशनबाट सागर राई रहेका छन् ।

यसैगरि स्वतन्त्र उम्मेदवारी दिनेमा मनकुमार योञ्जन, जितेन्द्र राई र लाक्पा तामाङ रहेका छन् ।

निर्वाचन आयोगले विभिन्न निर्वाचन क्षेत्रको वास्तविक मतपत्रको नमुना सार्वजनिक गरेको छ । जसअनुसार धनकुटाको मतपत्र पनि सार्वजनिक गरिएको छ ।

हेर्नुहोस् नमूना मतपत्र :

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।