जिम्मेवार पत्रकारिता गर्न नेपाल पत्रकार महासंघ धनकुटाको अपिल

धनकुटा। नेपाल पत्रकार महासंघ धनकुटा शाखाले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरि जिम्मेवार, निष्पक्ष र आचारसंहितामा आधारित पत्रकारिता गर्न सबै सञ्चारकर्मीलाई आग्रह गरेको छ।

महासंघले आज प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन जस्तो संवेदनशील समयमा समाचार संकलन, सम्पादन, प्रकाशन तथा प्रशारण कार्य अझ बढी जिम्मेवारीका साथ सम्पन्न गर्नुपर्ने जनाएको छ। स्वतन्त्र, निष्पक्ष, तथ्यपरक र सन्तुलित पत्रकारिताले लोकतन्त्रको आधार बलियो बनाउने भएकाले सञ्चारकर्मीको भूमिका यसमा अत्यन्त महत्वपूर्ण रहेको महासंघकाे विश्वास छ।

नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास र सचिव हरि बहादुर लम्जेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल प्रेस काउन्सिलले जारी गरेको पत्रकार आचारसंहिता तथा निर्वाचन आयोगले लागू गरेको निर्वाचन आचार संहिताको पूर्ण पालना गर्न आग्रह गरिएको छ। समाचार सम्प्रेषण गर्दा सत्यतामा आधारित, पक्षपात रहित र जिम्मेवार सामग्री मात्र प्रकाशन, प्रशारण गर्न, अपुष्ट वा भ्रामक सूचना नफैलाउन, उम्मेदवार तथा राजनीतिक दलबीच समान व्यवहार गर्न र निर्वाचनको निष्पक्ष वातावरण कायम राख्न सहयोग गर्न महासंघले अपील गरेको छ।

त्यसैगरी, सामाजिक सञ्जाल लगायत डिजिटल माध्यम प्रयोग गर्दा समेत पेशागत मर्यादा, नैतिकता र कानुनी दायित्वलाई ध्यानमा राखी कार्य गर्न सबै सञ्चारकर्मी तथा सञ्चार संस्थालाई सचेत गराईएकाे छ ।
निर्वाचनलाई स्वच्छ, पारदर्शी र विश्वसनीय बनाउन सञ्चार क्षेत्रको योगदान महत्वपूर्ण रहने उल्लेख गर्दै आचारसंहिताको अक्षरशः पालना गरी पेशागत जिम्मेवारी निर्वाह गर्न प्रेस विज्ञप्ति मार्फत आग्रह गरिएको छ।

शर्मिला राई

शर्मिला राई

(राई धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts - Website



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।