धनकुटामा मतदाता शिक्षा अनुगमनकर्ताहरुको अभिमुखीकरण तालिम सम्पन्न
धनकुटा,२८ माघ । धनकुटामा मतदाता शिक्षा अनुगमनकर्ताहरुको अभिमुखीकरण तालिम कार्यक्रम सम्पन्न भएको छ ।
मतदाता शिक्षा विशेष कार्यक्रम अन्तर्गत जिल्ला निर्वाचन कार्यालय धनकुटामा तालिम सम्पन्न भएको हो ।
स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्तिहरू मतदाता शिक्षा अनुगमनकर्ता हुने व्यवस्था छ।
अनुगमनकर्ताले अबको चरणमा सम्बन्धित स्थानीय तहमै प्रत्येक वडामा नियुक्त भएका स्वयंसेवकहरूलाई तालिम दिई परिचालन गर्नेछन् ।


