धनकुटामा सञ्चालनमा रहेको सुधार केन्द्रबाट १२ जना फरार

धनकुटा । धनकुटामा सञ्चालनमा रहेको एक सुधार तथा उपचार केन्द्रबाट १२ जना व्यक्ति फरार भएका छन् ।

लागूऔषध तथा मादक पदार्थ सेवनको लतबाट मुक्त गराउन राखिएका उनीहरू बिहीबार बिहान फरार भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

प्रहरीका अनुसार धनकुटा नगरपालिका–५ कर्मिटारस्थित सुनौलो जीवन सुधार तथा उपचार केन्द्रमा राखिएका ३० जनामध्ये १२ जना बिहान करिब १० बजेतिर भवनको सुरक्षा तारबेर तोडेर भागेका हुन्।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सरतकुमार थापा क्षेत्रीले फरार भएको जानकारी प्राप्त हुनासाथ खोजी कार्य सुरु गरिएको बताए ।

उनका अनुसार प्रहरीले आसपासका क्षेत्र, सम्भावित आवागमन मार्ग तथा फरार व्यक्तिहरूका आफन्तको सम्पर्कमा समेत निगरानी बढाएको छ।

घटनापछि सुधार केन्द्रको सुरक्षा व्यवस्थामा कमजोरी देखिएको भन्दै त्यसबारे समेत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

फरार भएका व्यक्तिहरूको अवस्था, पहिचान र सम्भावित जोखिमलाई मध्यनजर गर्दै खोजी कार्य तीव्र पारिएको प्रहरीको भनाइ छ।-टाकुरा न्यूज

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।