धनकुटामा दिउंसो ३ बजे सम्ममा ३९ प्रतिशत खस्यो मत
धनकुटा, फागुन २१ गते । धनकुटामा ३९ प्रतिशत मत खसेको छ । दिउसो ३ बजेसम्ममा ३९ प्रतिशत मत खसेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार धनकुटामा ४५ हजार ९९१ मत खसेको छ । जसमा २३ हजार २ सय ६९ पुरुष र २२ हजार ७ सय २२ महिला रहेका छन् ।
धनकुटामा १ लाख १८ हजार ४२५ मतदाता रहेका छन् भने ११९ मतदान स्थलमा १६६ वटा मतदान केन्द्र तोकिएको छ ।
धनकुटाबाट एक प्रतिनिधिसभा सदस्यका लागि १७ उम्मेदवार मैदानमा छन् ।


