धनकुटामा मतान्तर बढाउंदै श्रम संस्कृति पार्टीका सान बहादुर राई,एमाले पछ्याउंदै
धनकुटा,२२ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत जारी मतगणनामा श्रम संस्कृति पार्टीका सान बहादुर राईको अग्रता कायमै रहेको छ ।
साँगुरीगढी गाउंपालिकाको मतगणना सम्पन्न हुँदा सान बहादुर राईले ३२३७ मत प्राप्त गरेका छन् । एमालेका राजेन्द्र कुमार राईले २३९९ मत प्राप्त गर्दै उनलाई पछ्याइरहेका छन् ।
यस्तै नेपाली काँग्रेसका उम्मेदवार दिनेश राईले १८२५,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दिनेश भण्डारीले ३०६ मत,जनता समाजवादी पार्टी नेपालका आइतराज लिम्बुले ८६ मत ,राष्ट्रिय प्रजातन्त्र पार्टीका विभत्सु थापाले ७६ मत र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का धर्मराज पौडेलले ४२ मत पाएका छन् ।


