धनकुटा मतगणना अपडेट : श्रम संस्कृति पार्टीको अग्रता कायमै,मतान्तर घटाउंदै एमाले
धनकुटा,२२ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत जारी मतगणनामा श्रम संस्कृति पार्टीका सान बहादुर राईको अग्रता कायमै रहेको छ ।
११ हजार ८ सय ८० मतगणना सम्पन्न हुँदा सान बहादुर राईले ३९७२ मत प्राप्त गरेका छन् । एमालेका राजेन्द्र कुमार राईले ३७०५ मत प्राप्त गर्दै पछ्याइरहेका छन् ।
यस्तै नेपाली काँग्रेसका उम्मेदवार दिनेश राईले २२३८ मत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दिनेश भण्डारीले ५५६ मत,जनता समाजवादी पार्टी नेपालका आइतराज लिम्बुले १११ मत ,राष्ट्रिय प्रजातन्त्र पार्टीका विभत्सु थापाले ११६ मत र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का धर्मराज पौडेलले ६७ मत पाएका छन् ।


