धनकुटामा फराकिलो मतान्तर सहित एमालेले अग्रता बढाउदै,पछ्याउंदै श्रम संस्कृति पार्टी
धनकुटा,२३ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत जारी मतगणनामा नेकपा एमालेका राजेन्द्र कुमार राईले अग्रता बढाएका छन् ।
एमालेका राईले ८१५४ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका सान बहादुर राईले ६७८४ मत प्राप्त गर्दै पछ्याइरहेका छन् ।
यस्तै नेपाली काँग्रेसका उम्मेदवार दिनेश राईले ४६०५ मत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दिनेश भण्डारीले ३११७ मत प्राप्त गरेका छन् ।


