चिकित्सक तथा स्वास्थ्य कर्मीहरुलाई प्रभावकारी स्वास्थ्य सेवा जनताको घर दैलो सम्म पुर्याउन प्रदेश स्वास्थ्य मन्त्री लिम्बुको निर्देशन
धनकुटा । कोशी प्रदेशका स्वास्थ्य मन्त्री मान वहादुर लिम्बुले प्रभावकारी स्वास्थ्य सेवा जनतको घर दैलो सम्म पुर्याउन चिकित्सक तथा स्वास्थ्य कर्मीहरुलाई निर्देशन दिनु भएको छ ।
जिल्ला अस्पताल धनकुटामा हिजाे आयाेजित कार्यक्रममा बाेल्दै उहाँले त्यस्ताे निर्देशन दिनु भएकाे हाे । कोशी प्रदेशको पहाडी जिल्लाहरुको अस्पताल तथा स्वास्थ्य कार्यालयहरुको निरिक्षण गर्ने क्रममा उहा धनकुटा आउनु भएकाे थियाे ।
मन्त्री लिम्बुले सिमित साधन स्रोत भएपनि त्यसलाई अध्यधिक रुपमा प्रयोग गर्दै स्वास्थ्य जस्तो मानवीय तथा संवेदनशिल अनी अतिआवश्यक सेवा प्रभावकारी रुपमा संचालन गर्न सवै चिकित्सक तथा स्वास्थ्य कर्मीहरुलाई निर्देशन दिनु भएको थियाे ।
स्वास्थ्य मन्त्री लिम्बुले कोशी प्रदेश सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मागहरुलाई सम्बोधन गर्दै जाने सेमत वताउनु भयो । उहाले धनकुटा अस्पताललाई स्तराेन्नती गरी सेवा विस्तार संर्गै विशेषज्ञ सेवाहरु संचालन गरी नमुनाको रुपमा बनाउन मन्त्रालयले सहयोग गर्ने वताउनु भयो ।
सो अवसरमा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ,कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. यदुचन्द्र घिमिरेले समेत धनकुटा अस्पतालमा सेवा विस्तार गरी प्रभवाकारी रुपमा स्वास्थ्य सेवा संचालन गर्ने वताउनु भयो ।
धनकुटा अस्पताल व्यवस्थापन समितिका सदस्य विजय सन्तोषी राईको अध्यक्षतमा सम्पन्न भएको ।कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख सिर्जना बन्जाडे,धनकुटा जिल्ला अस्पतालका मडिकल सुपेरीडेण्टेन डा. सन्तोष राई,डा.पुजन विश्वकर्मा,जिल्ला आयुर्वेदक स्वास्थ्य केन्द्र धनकुटाका प्रमुख डा. विद्या श्रेष्ठले आ आप्नो अस्पतालको सेवा तथा प्रगती वितरण प्रस्तुत गर्नु भएको थियो ।
सो अवसरमा कोशी प्रदेश सरकारको प्रमुख सचिव राजेन्द्र पौडेल,धनकुटा अस्पताल विकास समिनिका सदस्य अम्विका देवी धमला, धनकुटा जिल्ला अस्पताल तथा जिल्ला स्वास्थ्य कार्यालय धनकुटा,जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र धनकुटाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु,कर्मचारीहरु ,पत्रकारहरुको सहभागीता रहेको थियो ।
कोशी प्रदेश सकारका स्वास्थ्य मन्त्री मान वहादुर लिम्बु सहितको टोलीले आजै केही दिन अघि आएको हावा हुरीबाट क्षती भएको धनकुटा अस्पताल र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाको भवनहरुको स्थलगत निरिक्षण गरी क्षतीको जानकारी लिनु भएको थियो । सो अवसरमा आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाका प्रमुख डा. विद्या श्रेष्ठ,र धनकुटा अस्पतालका प्रमुख डा. सन्तोष राई, डा. पुजन विश्वकर्मा लगायतले हावा हुरीबाट क्षतीको वारेमा आ आफ्नो अस्पताल तथा कार्यालयहरुको मन्त्री लिम्बुलाई जानकारी गराउनु भएको थियो ।
सो अवसरमा स्वास्थ्य मन्त्री मान वहादुर लिम्बुले अस्पताल जस्तो संवेदनशिल र अतिआवाश्यक सेवाहरु संचालन गर्न छिटैनै हावा हुरीबाट क्षती पभएका अस्पतालहरुको भवनहरुको मर्मत तथा पुर्ननिर्माण गर्ने जानकारी दिनु भयो ।


