धनकुटाको उत्तरपानी धर्मशाला होमस्टेमा ७ दिने डम्फू बजाउने तालिम शुरु

धनकुटा । धनकुटाको उत्तरपानी धर्मशाला सामुदायिक होमस्टेमा मौलिक संस्कृति मार्फत पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले ७ दिने डम्फू बजाउने तालिम वुधवार देखि शुरु भएको छ ।

उत्तरपानी धर्मशाला सामुदायिक होमस्ट संचालन समितिको आयोजनामा शुरु भएको ७ दिने डम्फू बजाउने तालिमममा होमस्टेमा आवद्ध ५ जना पुरुष सहित १७ जनाले भाग लिईरहेका छन् । तालिमको उद्धघाटन पाख्रीवास नगरपालिका वडा नं.९ का वडाध्यक्ष सम्झना आले मगरले गरेकी थिईन ।

तालिमको उद्धघाटन गर्दै अध्यक्ष आलेले भनिन्–‘तामाङ संस्कृतिलाई होमस्टे मार्फत प्रचार प्रसार गरेर होमस्टेमा पर्यटन भित्र्याउने पर्दछ ।‘ उनले तामाङको डम्फू सेलो र मगरको हुर्रा नाचलाई होमस्टेमा वडाको तर्फबाट प्रवद्र्धनका कार्यक्रम निरन्तर रुपमा अघि वढाउँदै आएको बताईन ।

त्यसैगरी यूवा समाजसेवी एवं नेपाल तामाङ घेदुङका पुर्व जिल्ला स–सचिव धनवहादुर मोक्तानले होमस्टेलाई पर्यटकको आकर्षण केन्द्र बनाउन डम्फू सेलो कोसेढुङ्गा साबित हुने बताए । उनले होमस्टेमा आउने पर्यटकहरुलाई डम्फू सेलो मार्फत मनोरञ्जन दिलाएर अघि वढ्न सके तामाङ संस्कृतिले पनि आर्थिक उपार्जन गर्न सक्ने बताए ।

तालिममा समाजसेवी बुद्धिजीवीहरु ज्य बहादुर मोक्तान, यज्ञ घिसिङ, शुभचन्द्र मोक्तान, बालशीक्षा प्रावी लिसुम्बुका व्यवस्थापन समिति अध्यक्ष नेत्र बहादुर ठाडा मगर , श्याम योञ्जन लगायतले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।

तालिमको सहजिकरण नेपाल तामाङ घेदुङका पुर्व जिल्ला सचिव एवं तामाङ पत्रकार संघ १ नम्बर प्रदेशका संस्थापक अध्यक्ष सन्तवीर लामाले गरिरहेका छन् । तालिमको उद्धघाटन उत्तरपानी धर्मशाला सामुदायिक होमस्टे संचालक समितिका अध्यक्ष दिलु तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।