धनकुटाबाट ४३ केजी बढी लागुऔषध गाँजा सहित एक जना पक्राउ,मोटरसाइकल छोडेर दुई फरार

धनकुटा,१९ चैत । धनकुटाबाट लागु औषध गांजा सहित एक जना पक्राउ परेका छन् भने दुई जना मोटरसाइकल छोडेर फरार भएका छन् ।

हिजो दिउंसो प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी गस्ती टोलीले धनकुटा नगरपालिका वडा नम्बर ९ स्थित त्रिवेणी- मुलघाट भित्री सडकमा त्रिवेणीबाट मुलघाट तर्फ आउदै गरेको प्रदेश १-०२-०४७ प ६९८१ नम्बरको मोटरसाइकल र सोहि दिशाबाट आउदै गरेको को २१ प ९५६५ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिहरुले प्रहरीको गस्ती टोली देखेपछि मोटरसाइकल छोडी भाग्ने क्रममा प्रदेश १-०२-०४७ प ६९८१ नम्बरको मोटरसाइकल चालक शहिदभूमी गाँउपालिका वडा नम्बर ७ बस्ने अन्दाजी २२ बर्षिय शुसान भन्ने सुदिप राईको मोटरसाइकलमा बाधेको जेब्रा झोला खोली हेर्दा लागु औषध गाँजा अन्दाजी १९.८५० के.जी गाँजा (झोला सहित) पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

त्यस्तै को २१ प ९५६५ को मोटरसाइकलमा बाधेको जेब्रा खोली हेर्दा लागु औषध गाँजा अन्दाजी २४.१४० के.जी. गाँजा (झोला सहित) नियन्त्णमा लिइएको छ भने उक्त मोटरसाइकलमा सवार दुई जना फरार रहेको र खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाको जिल्ला अदालत धनकुटाबाट ७ दिन म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।