धनकुटामा कार्यरत इन्जिनियर सहित ३ जना अख्तियारको नियन्त्रणमा

धनकुटा । पछिल्लो समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनकुटामा निक्कै सक्रियता जनाउन थालेको छ । आज मात्रै सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत इन्जिनियरसहित तीन जना कर्मचारीलाई घुस रकमसहित अख्तियारले नियन्त्रणमा लिएको छ ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ स्थित एक विद्यालय भवन निर्माणको अन्तिम बिल भुक्तानी प्रक्रिया अगाडि बढाउन उनीहरूले सेवाग्राहीसँग विभिन्न बहाना बनाएर दुःख हैरानी दिँदै घुस माग गरेको उजुरी परेपछि अख्तियारले इन्जिनियर सुमन राई, लेखा अधिकृत ईन्द्रबहादुर कार्की र सबइन्जिनियर रविन श्रेष्ठलाई ८५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।

उक्त उजुरीका आधारमा अख्तियारको टोलीले सेवाग्राहीबाट ८५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा राईलाई ललितपुरबाट पक्राउ गरेको हो । त्यसैगरी, इटहरीस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले कार्की र श्रेष्ठलाई क्रमशः धनकुटा र भोजपुरबाट नियन्त्रणमा लिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरूबाट घुस रकम, तीन थान मोबाइल र अन्य सम्बन्धित कागजात बरामद गरिएको अधिकारीले बताउनु भयो । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।-स्रोत:धनकुटा एफएम

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।