धनकुटाका तीनैवटा सुरक्षा निकायलाई वन डढेलो नियन्त्रण तथा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न सामग्री हस्तान्तरण

धनकुटा,२४ चैत । डिभिजन वन कार्यालय धनकुटाले वन डढेलो नियन्त्रण तथा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न आवश्यक सामग्री हस्तान्तरण गरेको छ।

जिल्ला विपत व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्का तथा डिभिजन वन कार्यालयका प्रमुख सञ्जीवराज ढकालले धनकुटाका तीनैवटा सुरक्षा निकायलाई विपत व्यवस्थापनका लागि आवश्यक सामग्रीहरू हस्तान्तरण गरेका थिए ।

प्रत्येक सुरक्षा निकायलाई हस्तान्तरण गरिएका सामग्रीहरूमा फायर स्वाटर १२ थान, रेक ९ थान, रेक हो ४ थान, एक्स हो २ थान, फायर बुट ४ जोडी, फेस मास्क ६ थान, हेल्मेट ६ थान, पञ्जा २४ जोडी, जम्प सुट ४ थान तथा ब्याकप्याक वाटर पम्प ४ थान हस्तान्तरण गरिएको हो ।

उक्त सामग्रीहरू डिभिजन वन कार्यालयले खरिद गरी विपद व्यवस्थापन समिति मार्फत हस्तान्तरण गरेको डिभिजन वन कार्यालय प्रमुख सञ्जीवराज ढकालले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्काले वन डढेलो नियन्त्रणका लागि आवश्यक पर्ने यस्ता सामग्रीले आगलागी नियन्त्रण तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।

उनले आगामी दिनमा पनि विपद् व्यवस्थापनका लागि आवश्यक सहयोग र समन्वयलाई प्राथमिकता दिइने जानकारी दिए । कार्यालयले करिव ५ लाख बराबरको सामाग्री खरिद गरेको जनाएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।