धनकुटा एमालेमा स्थानीय तह पुर्नसंरचनाको बहस

धनकुटा । नेकपा एमाले धनकुटाले स्थानीय तह पुर्नसंरचनाको विषयमा छलफल थालेको छ ।

सरकारले स्थानीय तह हटाउने प्रकृया अघि बढाएपछि एमाले धनकुटाले पनि यो विषयमा चासो दिएर छलफल थालेको हो । कम्युनिष्ट पार्टीको ७७ औं स्थापना दिवसको अवसर पारेर नेकपा एमाले धनकुटाले यो विषयमा अन्तरक्रिया कार्यक्रम पनि गरेको छ ।

अन्तरक्रिया कार्यक्रममार्फत स्थानीय तह पुर्नसंरचनाका विषयमा जनप्रतिनिधिहरूबाट राय सुझाव संकलन गरिएको एमाले धनकुटा जिल्ला कमिटीका सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिए । एमालेबाट निर्वाचित प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, जिल्ला समन्वय समिति प्रमुख, पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायत कार्यक्रममा सहभागि थिए ।

उनीहरूले स्थानीय तह पुर्नसंरचनाका विषयमा सुझाव प्रस्तुत गरेका छन् । सो अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले जनतालाई सहज हुने गरी स्थानीय तह पुर्नसंरचना गर्नुपर्ने धारणा राखे ।

एमाले जिल्ला अध्यक्ष शिव आङ्ला, सचिव पर्शुराम नेपाल, प्रदेश सभा सदस्य निरन राई, जिल्ला समन्वय समिति प्रमुख निरेन तामाङ लगायतले स्थानीय तहको पुर्नसंरचना गर्दा जनताको सहजतालाई ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा एमाले नेतृसमेत रहेकी अधिवक्ता हिमा बस्नेतले स्थानीय तह पुर्नसंरचनाको कानूनी व्यवस्थाका विषयमा जानकारी गराएकी थिइन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।