धनकुटाबाट लागुऔषध ब्राउन सुगर सहित एक जना पक्राउ
धनकुटा । धनकुटाबाट लागुऔषध ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको धनकुटा नगरपालिका-७ का यम बहादुर भण्डारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले २०० मिलिग्राम ब्राउन सुगर सहित भण्डारीलाई पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
पक्राउ परेकाको थप अनुसन्धान भई रहेको छ ।


