नेपाल पत्रकार महासंघ धनकुटाले जिसस मार्फत बुझायो सरकारी विज्ञापन वितरण सम्बन्धी सरकारको निर्णय विरुद्द स्थानीय तहलाई ज्ञापन पत्र

धनकुटा,१५ बैसाख । सरकारी विज्ञापन वितरणसम्बन्धी सरकारको हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ धनकुटाले जिल्ला समन्वय समिति धनकुटा मार्फत् जिल्लाका स्थानीय तहलाई ज्ञापनपत्र बुझाएको छ ।

शाखाका अध्यक्ष विदुर खवासको नेतृत्वमा पुगेको टोलीले सञ्चार क्षेत्रमाथि परेको असरप्रति गम्भीर ध्यानाकर्षण गराउँदै निर्णय कार्यान्वयन नगर्न स्थानीय तहलाई आग्रह सहितको ज्ञापनपत्र बुझाएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट २०८२ चैत १८ गते जारी सचिवस्तरीय निर्णयअनुसार सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्नुपर्ने व्यवस्था गरिएकाले उक्त निर्णयले निजी सञ्चारमाध्यमलाई प्रत्यक्ष रूपमा असर पार्ने र विभेद सिर्जना गर्ने भन्दै उक्त निर्णय कार्यान्वयन नगर्न महासंघले स्थानीय तहलाई आग्रह गरेको अध्यक्ष विदुर खवासले जानकारी दिए ।

ज्ञापनपत्र मार्फत जिल्ला समन्वय समिति धनकुटालाई जिल्लाभित्रका सबै स्थानीय तहसँग समन्वय गरी उक्त निर्णय कार्यान्वयन नगर्न र पुनर्विचारका लागि पहल गरिदिन अनुरोध गरिएको छ । साथै, सबै सञ्चारमाध्यमलाई समान व्यवहार हुने वातावरण निर्माण गर्न पनि जोड दिइएको अध्यक्ष खवासले जानकारी दिए ।

ज्ञापन पत्र बुझ्दै जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले पत्रकारहरुले यो व्यवस्था ल्याउन महत्वपूर्ण योगदान गरेको भन्दै यहि व्यवस्थाको जगमा बनेको सरकारले यस्तो गलत निर्णयलार्य सच्याउनु पर्ने बताए । उनले स्थानीय पालिकाहरुसँग आवश्यक समन्वय गरेर स्थानीय मिडिया हाउस र पत्रकारलाई सहजीकरण गरि सूचना उपलब्ध गराउन पहल गर्ने बताए ।-खबरपालिका न्यूजबाट

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।