धनकुटामा आठपहरिया समुदायद्वारा सूचिकरणको माग गर्दै ज्ञापन पत्र

नारायण कुमार राई/धनकुटा,१५ बैसाख ।  मंगलबार आठपहरिया समुदायले आफ्नो संस्था किरात आठपहरिया समाज केन्द्रिय कार्य समितिको नेतृत्वमा चौथो पटक सूचिकरणको लागि जिल्ला प्रशासन कार्यालय धनकुटा मार्फत् नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

समाजका अध्यक्ष अष्ट आठपहरिया लगाएतको टोलीले नेपाल आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचिकरण हुनपर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्कालाई ज्ञापन पत्र बुझाउनु भएको थियो ।

आफ्नो समुदायको छुट्टै,भाषा,संस्कार,पहिचान तथा सरकारले तोकेको सबै सूचिकरणको मापदण्ड पुगेपनि राज्यले आठपहरिया जातिलाई सूचिकरण गर्न पटक पटक उदासिनता देखाएको समाजका महासचिव कोमल आठपहरियाले गुनासो गर्नुभयो  ।

किरात राई यायोक्खाबाट छुट्टिएर यो आठपहरिया समुदायले २०५२ सालबाट आफ्नो जातिय संस्था दर्ता गरेर आफनो छुट्दै पहिचानको माग गर्दै आएका छन् ।

नेपालको जनगाणना २०७८ अनुसार हाल नगर क्षेत्रमा आठपहरिया जातिको ५ हजार ८ सय ७८ जनसंख्या रहेको छ । 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।