धनकुटाको पाख्रीवासमा उभौली चाडको अवसरमा बृहत् सांस्कृतिक साकेला चण्डि नाच प्रदर्शन गरिने
धनकुटा । धनकुटाको पाख्रीवासमा उभौली चाडको अवसरमा बृहत् सांस्कृतिक साकेला चण्डि नाच प्रदर्शन गरिने भएको छ ।
गत बर्ष झैं यस बर्ष पनि आगामी बैशाख २० गते पाख्रिबासको पर्यटकिय स्थल राम्चे डांडा,क्षितिज बस्ति पाख्रीवास -७ धनकुटामा कार्यक्रमको आयोजना गरि मनाइने भएको आयोजक किरात राई यायोक्खा पाख्रीवास वडा नं ३ वडा कार्य समितिले जनाएको छ ।
बैशाख १८ गते नै उभौली चाड परेपनि उक्त दिन पूजाआजा मात्रै गरिने आयोजकले जनाएको छ ।
पाख्रिबास नगरपालिका वडा नं ३ को कार्यालयले प्रायोजन गर्ने उक्त कार्यक्रममा किरात एवं गैर किरात सम्पूर्णलाई कार्यक्रममा उपस्थितीका लागि पनि आयोजकले अनुरोध गरेको छ ।


