धनकुटाको सांगुरीगढीका राईलाई फलामको पाइप प्रहार गरि फरार दुई जना पक्राउ
धनकुटा । धनकुटामा फलामको पाइप प्रहार गरि फरार दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको सांगुरीगढी गाउंपालिका ८ बस्ने अन्दाजी १९ बर्षिय समिर मुदेल र २१ बर्षिय दल बहादुर मुदेल रहेका छन् ।
निजहरुले गत बैशाख २१ गते साँगुरीगढी गापा ७ डडेनी स्थित तमोर कोरिडोर सडक खण्डमा सांगुरीगढी गापा ७ बस्ने ६१ बर्षिय गुर्जा सिंह राईलाई विवाद गरि फलामको पाइपले टाउकोमा प्रहार गरेर गम्भिर घाईते बनाई फरार रहेका थिए ।
फरार अभियुक्तको खोज तलास गरि नियन्त्रणमा लिइ आज जिल्ला अदालत धनकुटाबाट दुवै जनालाई ज्यान मार्ने उधोगमा दिन ७ (सात) म्याद थप गरी अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
घाईते राईको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भई रहेको छ ।


