रास्वपा पाख्रीबास ५ को प्रथम वडा अधिवेशन सम्पन्न, पवन थापाको नेतृत्वमा नयाँ समिति चयन
धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) पाख्रीबास नगरपालिका–५ मा प्रथम वडा अधिवेशन सम्पन्न भएको छ ।
पाख्रीबास–५ का स्थानीयवासीको व्यापक सहभागिताबीच सम्पन्न अधिवेशनले पवन थापाको सभापतित्वमा ११ सदस्यीय वडा समिति सर्वसम्मत रूपमा चयन गरिएको पालिका सहसचिव तथा संगठन विभाग प्रमुख विष्णुविक्रम निरौलाले जानकारी दिए ।
नवगठित वडा समितिको उपसभापतिमा रूपा कार्की,सचिव दीपक भुजेल,सदस्यहरुमा मञ्जु काफ्ले,कुमारी तामाङ,विशाल विक,इन्द्रबहादुर विक,प्रेमबहादुर बस्नेत,लोकेन्द्र तामाङ,पहलमान तामाङ र सुगम राई चयन भएका छन् ।
त्यसैगरी, किरण थापाको संयोजकत्वमा ५ सदस्यीय वडा RAT समिति पनि गठन गरिएको छ ।
RAT समितिको सदस्यहरुमा दिप्लक मगर,राम निरौला,पवन भण्डारी र नवीन विक रहेका छन् ।
गत वैशाख २५ गते सम्पन्न अधिवेशन तदर्थ वडा समितिका सभापति पृथ्वीबहादुर भण्डारीको सभापतित्वमा भएको थियो । कार्यक्रममा प्रदेश संगठन विभाग सदस्य शम्भुप्रसाद पाण्डे, जिल्ला सदस्य रुद्रबहादुर राउत, पाख्रीबास नगर समिति सभापति मणिराज भुजेल, पालिका सहसचिव तथा संगठन विभाग प्रमुख विष्णुविक्रम निरौला, पालिका गुनासो विभाग प्रमुख दुर्गबहादुर निरौला लगायतको उपस्थिति रहेको थियो ।
यस अगाडि नगरको वडा नं १,४,६,७,८ र १० मा अधिवेशन सम्पन्न भइसकेको छ ।


