धनकुटाको छथर जोरपाटी स्थित तेलियामा वित्तीय साक्षरतासँगै च्याउ खेती तालिम, सहभागीलाई बीउसमेत वितरण गरिने

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ तेलियामा वित्तीय साक्षरता तथा उद्यमशीलता विकाससम्बन्धी कार्यक्रम सम्पन्न गरिएको छ।

छथर जोरपाटी गाउँपालिका र नविल बैंकको संयुक्त सहकार्यमा आयोजित कार्यक्रममा स्थानीय किसान, युवा तथा स्वरोजगारमा रुचि राख्ने व्यक्तिहरूलाई वित्तीय व्यवस्थापन र उद्यम सञ्चालनसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिएको हो।

कार्यक्रममा सहभागीलाई बचतको महत्त्व, बैंकिङ सेवाको प्रयोग, लगानी व्यवस्थापन, वित्तीय योजना निर्माण लगायत विषयमा जानकारी गराइएको थियो। साथै साना उद्यम सञ्चालनका आधारभूत पक्षबारे पनि प्रशिक्षण दिइएको आयोजकले जनाएको छ।

नविल बैंक सिधुवा शाखाका प्रमुख निरञ्जन निरौलाले तालिमलाई उत्पादनमुखी र व्यवहारिक बनाइएको बताए। उनका अनुसार सहभागीलाई आधुनिक प्रविधिबाट च्याउ खेती गर्ने तरिका, उत्पादन व्यवस्थापन तथा बजार विस्तारका उपायबारे प्रशिक्षण दिइएको छ। तालिमपछि च्याउ खेती सुरु गर्न आवश्यक बीउ तथा अन्य सामग्रीसमेत उपलब्ध गराइने उनले जानकारी दिए।

गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले स्थानीय तहले कृषि तथा साना उद्यम प्रवर्द्धनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए। आधुनिक कृषि प्रणाली अपनाउन सके गाउँमै रोजगारी सिर्जना गर्न सकिने र च्याउ खेती स्थानीयका लागि राम्रो आम्दानीको स्रोत बन्न सक्ने उनको भनाइ थियो।

स्थानीय स्तरमै सीप, वित्तीय ज्ञान र उद्यमशीलतालाई जोडेर स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖